मतदानस्थलमा मोबाइल निधेष

काठमाडौं— निर्वाचन आयोगले उपनिर्वाचन हुने मतदानस्थलमा मोबाइल लैजान निधेष गरेको छ ।
त्यसैगरी आयोगले देखिने गरी मतदान गरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
चितवन–२, तनहुँ–१ र बारा–२ मा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइने आयोगले जनाएको छ ।
आयोगका अनुसार कुनै पनि सरकारी परिचयपत्र भएमा मतदान गर्न सकिने छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० ०६:३१













