सहकारी छानबिन समितिमा कुन दलबाट को सांसद?

काठमाडौं— सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन हुने भएको छ।
मंगलबार साँझ सवा ६ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट संसदीय छानबिन समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत भई पारित गर्ने कार्यसूची छ।
संसदीय समिति सात सदस्यीय बनाउने दलहरूबीच सहमति छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट सांसदहरू बद्री पाण्डे र ईश्वरी न्यौपाने सदस्य रहने छन्।
सत्तारूढ नेकपा एमालेबाट सांसदहरू सूर्य थापा र सरिता भुसाल रहने छन्।
यस्तै नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहने छन्।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १८:०८