News Griha :: न्यूजगृह
कांग्रेसको प्रतिक्रियाः बजेटमा सुधारका केही कुरा उल्लेख छैन, कनिका छर्ने प्रवृत्ति देखियो 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बजेटमा सुधारका कुरा उल्लेख नभएको प्रतिक्रिया दिएका छन्। 

अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य प्रस्तुत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहेका डा. महतले सो कुरा बताएका हुन्।  

‘बजेटमा सुधारका केही कुरा उल्लेख छैन। बजेट निर्माणमा बेथिति थियो, बजेट विनियोजन भई ठेक्का लगाउने प्रवृत्ति थियो बजेट कनिका छर्ने प्रवृत्तिलाई हामीले कार्यविधि बनाएर तीन करोडभन्दा तलको आयोजना नराख्ने भनेका थियौँ उहाँ मौन हुनुहुन्छ मैले बुझेअनुसार तीन करोडको कार्यविधिलाई तिलाञ्जली दिइसक्नुभयो,’ उनले भने। 

त्यस्तै बजेटले निर्माणाधीन आयोजनाको पूर्णता दिनका लागि सरकार मौन रहेको बताए। 

वितरणमुखी प्रवृत्ती छोपिएको र कहाँ कहाँ विनियोजन भएको हो भन्ने भएपछि थप स्पष्ट हुने बताए। 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:५३
Weather Update