प्रधानमन्त्री पत्नी सीताको नाममा कलेज बनाउन बजेट

काठमाडौं— सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी स्वर्गीय सीता दाहालको नाममा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज बनाउने भएको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नयाँ वर्षको बजेटमा प्रधानमन्त्री पत्नी दाहालको नाममा काठमाडौंमा कलेज बनाउन बजेट छुट्याएको बताए।
उनले भने, ‘काठमाडौं विश्वविद्यालयमा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु।’
तर, बजेटमा कति रकमको व्यवस्था गरेको भन्ने कुरा अर्थमन्त्री पुनले उल्लेख गरेका छैनन्।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १७:०५













