News Griha :: न्यूजगृह
बजेट भाषणको समय सारियो 

काठमाडौं— संघीय संसद्को संयुक्त सदनमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने पूर्व निर्धारित समय सारिएको छ। 

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले दिउँसो ३ बजेसम्मका लागि बैठक सारिएको जानकारी दिए। 

सरकारको अनुरोधमा बैठक २ घण्टा सारिएको उनले बताए।  

‘सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि (दिउँसो ३ बजे) का लागि सारिएको छ,’ उनले भने। 

सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति बनाउने सहमति भएसँगै सत्ता पक्षदेखि प्रतिपक्ष दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। सबै पक्ष आन्तरिक छलफलमा जुटेका कारण बैठक बस्ने समय सारिएको छ। 

आज दिउँसो १ बजेका संयुक्त सदनमार्फत अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुन गर्ने समय तोकिएको थियो। 

त्यस्तै आजका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक समेत सारिएको छ। बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको हो। 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:४६
Weather Update