कांग्रेस संसदीय दलको बैठक जारी, देउवा अनुपस्थित
-1716875199.jpg)
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो।
आजको बैठकमा सहकारी ठगी प्रकरणमा गठन हुन लागेको संसदीय छानबिन समिति र आज आउँदै गरेको बजेटका विषयमा छलफल हुनेछ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित रहेका छन्। बिरामी परेकाले देउवा अनुपस्थित रहेको जनाइएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ ११:३१