सीके राउत नेतृत्वको जनमत पार्टीले ‘नौलो गणतन्त्र’ घोषणा गर्दै

काठमाडौं— डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज नौलो गणतन्त्रको घोषणा गर्दैछ।
गणतन्त्र स्थापना भएको १७ वर्ष पुगेको अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइरहँदा जनमत पार्टीले भने नौलो गणतन्त्र घोषणा गर्न लागेको हो।
बिहान ११ बजे भृकुटीमण्डपमा नौलो गणतन्त्र घोषणा सभा राखिएको राउतले जानकारी दिए।
‘आज जेठ १५ गते, भृकुटीमण्डप, काठमाडौं । नौलो गणतन्त्र आन्दोलन उद्घोष सभा ११ः०० बजेदेखि सहभागी होऔँ। नौलो गणतन्त्रको उद्घोष गरौँ,’ राउतले सामाजिक सञ्जालमा लेखेको छन्।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १०:५१