संसदीय छानबिन समिति गठनमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहमति नजिक
-1716187649.jpg)
काठमाडौं— सहरकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरेर संसद अवरोध अन्त्य गर्न दलहरु सहमति नजिक पुगेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले, नेकपा माओवादी र रास्वपा तथा नेपाली कांग्रेसका नेताहरुबीचको वार्ता सकारात्मक बनेको स्रोतले दाबी गर्यो। भोलि बिहान सहमति हुने स्रोतको दाबी छ।
छलफलमा कांग्रेसबाट उपसभापति पुर्णवहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापालगायत सहभागी थिए।
संसदीय छानविन समितिको कार्यादेशबारे सहमतिको नजिक पुगिएको र सम्झौताको मस्यौदा तयार भइरहेको कार्यदलका एक सदस्यले बताए।
मंगलबार दिउँसो १ बजे सरकारले सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएकाले त्यसअघि सहमति हुने नेताहरूले दाबी गरेका छन्।
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ २०:२१