News Griha :: न्यूजगृह
कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं— नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदैछ। 

दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद सोमबार सकिने भएकाले धनुषा जिल्ला अदालतमा तेस्रो पटक उपस्थित गराउन लागिएको हो। 

केहीबेरमा उनलाई म्याद थपको लागि अदालतमा उपस्थित गराइनेछ। 

नागरिकता सम्बन्धी कसुरमा रास्वपाका मधेस प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया गत मंगलबार पक्राउ परेका हुन्। बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । 

शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।

स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो। प्रहरीको निगरानीमा उनी अहिले सोही अस्पतालमा छन्।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०९:५१
Weather Update