
काठमाडौं— भक्तपुर धेरै नेपाली युवाहरु वैदेशिक रोजगारीमा जान चाहिरहेको बेला एक कार्यक्रमका सहभागीहरूले स्वदेशमै केही गर्न सुझाएका छन्।
उनीहरूले बरु विदेशबाट फर्केकाहरूले त्यहाँबाट सिकेर आएको सीप नेपालमै प्रयोग गरी उद्यमी बन्न सुझाएका छन्।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाबाट फर्किएका श्रमिकका लागि कोइकाको ‘के हामी’ परियोजनाले भक्तपुरमा गरेको कोरिया जाने प्रवासी नेपाली श्रमिकको परिवारका लागि वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रममा उनीहरूले जे गर्न सकिन्छ स्वदेशमै गरौँ भनी सुझाए।
परियोजना प्रमुख सङ यल सले परियोजनाको उद्देश्य वैदेशिक रोजगारीबाट फर्किएका प्रवासी उत्कृष्ट जनशक्ति र आर्थिक विकासलाई डोर्याउने जनशक्ति उत्पादन गर्ने रहेको बताए।
परियोजना प्रमुख सङ चन सले ईपीएसमार्फत कोरिया गएर सिकेको सीप र कमाएको पुँजीको नेपालमा सही प्रयोगका लागि अनुरोध गरे।
उनले कोरियाबाट फर्किएका युवाले पुनः एकीकरण कार्यक्रमबाट धेरै फाइदा लिनसक्ने भन्दै फाइदा उठाउन सुझाए। यस परियोजनामार्फत कोरियाबाट फर्किएकालाई नेपालमै टिक्ने वातावरण बनाउनेमा प्राथमिकता दिने जानकारी उनले दिए।













