बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर, सजाय निर्धारण जेठ २८ गते
काठमाडौं— काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।
न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेसी तोक्न आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए।
अब उनलाई सजाय निर्धारणका लागि जेठ २८ मा फेरि अर्को सुनुवाइ हुनेछ।
प्रहरीमा जाहेरी पर्दा न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा थिए। निलम्बित अवस्थामा रहेका उनी हाल थुनामा छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ २०:५५