News Griha :: न्यूजगृह
संसद्मा आज पनि कांग्रेसको अवरोध, होहल्लाबीच सदन चल्दै 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध खडा गरेको छ। 

यसअघिकै सहकारी गठी प्रकरणको विषयमा केन्द्रीत रहेर कांग्रेसले अवरोध कायम गरेको हो। 

आजको बैठकको प्रारम्भमै कांग्रेसले विरोध जनाएको हो। बैठकमा सभामुख देवराज घिमिरेले अर्थमन्त्रीलाई आर्थिक वर्ष २०८०–०८१ आर्थिक सर्वेक्षण र सार्वजनिक संंस्थानको वार्षिक समीक्षा प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए। तर सो क्रममा कांग्रेसका केही सांसदहरुले अर्थमन्त्रीको बाटो रोकेका थिए। 

सत्ता पक्षका सांसद र मर्यादापालकको सहयोगमा अर्थमन्त्री वर्षमान पुन रोस्टमसम्म पुगेका थिए। 

अहिले कांग्रेसले अवरोध गरिरहेको छ भने अर्थमन्त्रीले आफ्नो प्रतिवेदन पेस गरिरहेका छन्। 
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:२२
Weather Update