News Griha :: न्यूजगृह
कोशी प्रदेशसभा बैठक सार्न कांग्रेसको माग, नभए बहिस्कार गर्ने 
फाइल तस्बिर

काठमाडौं—कोशी प्रदेशसभाको आजको बैठक विपक्षी दल नेपाली कांग्रेसले बहिस्कार गर्ने भएको छ। 

आजको बैठकमा कोशी प्रदेश सरकारले बजेट सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी रहेका बेला कांग्रेसले बैठक सार्न आग्रह गरेको हो। 

कोशी सरकारकाविरुद्धको विवादसम्बन्धी परेको रिट सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा बैठक नराख्न कांग्रेसले प्रदेश सभा सचिवालयमा पत्र बुझाएको छ। 

आज बसेको प्रदेश सभा कांग्रेस संसदीय दलको बैठकले आगामी जेठ १६ गतेसम्मका लागि बैठक सार्न आग्रह गर्ने निर्णय गरेको कोशी कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए।  

त्यस्तै बैठक नसारिए बहिस्कार गर्ने निर्णय भएको उनले बताए। गत वैशाख ३१ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएको बैठकलाई समेत कांग्रेसले बहिस्कार गरेको थियो।

प्रदेश सभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:११
Weather Update