News Griha :: न्यूजगृह
देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन्।

संसद् अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेका हुन्। कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफलमा छन्। 

प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन्। त्यसअघि देउवाले पार्टी भित्र छलफल गरिरहेका हुन्। 

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ।

कांग्रेसले भने सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ।

समिति गठनका लागि कार्यदल निर्माण भए पनि कार्यादेश टुङ्गिन सकेको छैन। यसैबीच कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०९:३५
Weather Update