News Griha :: न्यूजगृह
कानुनका विद्यार्थीसँग ओलीले भने- पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान होइन, जुद्धशमशेरका छोरा हुन् [भिडिओसहित]

काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान नभई जुद्धशमशेरको माइलो छोरा रहेको बताएका छन् । आइतबार नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीसँगको छलफलमा उनले कानुनको इतिहासमा गलत पढाइएको बताए । ‘तपाईंहरुले कानुनको किताबमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान भनेर पढ्नुभएको होला तर होइन, जुद्धशमशेरका छोरा नेपालको पहिलो प्रधानन्यायाधीश हुन्’ उनले भने ।

कानुनको इतिहासमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान उल्लेख छ । उनी भारतीय नागरिक थिए । ओलीले ००७ सालको परिवर्तनपछि विदेशीलाई प्रधानन्यायाधीश बनाउन संविधान संशोधन गरिएको बताए । ‘विदेशी नागरिकलाई देशको न्यायालय प्रमुख बनाउने कुरा संवैधानिक हुनै सक्दैन तर भयो । किनकि उहाँ दार्जीलिङमा हुँदा बीपी कोइरालासँग घनिष्ठता बढेको थियो’ ओलीले भने ।

ओलीले नेपालको पहिलो संविधान पनि (२००४ सालको) वैधानिक कानुन नभई अर्कै रहेको बताए । उनले जुद्धशमशेरले १९९७ सालमा जारी गरेको शनद नै नेपालको पहिलो संविधान भएको जिकिर गरे ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २१:१०
Weather Update