News Griha :: न्यूजगृह
संसद्मा आज पनि कांग्रेसको अवरोध, आइतबारसम्मका लागि बैठक स्थगित

काठमाडौं—प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा पनि अवरोध खडा गरेको छ।

बैठक सुरु हुने बित्तिकै कांग्रेसको अवरोधपछि आइतबारसम्मका लागि बैठक स्थगित भएको छ। 

आजको बैठकमा विषय, आकस्मिक र शून्य नरहेको र आजको कामकारबाही अघि बढाउनका लागि सभामुख देवराज घिमिरेले आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि जेठ १३ गते आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो। 

सहकारी ठगी प्रकरणमा विषयमा कार्यदलमा समेत छलफल भइरहेको भन्दै सभामुखले बस्न आग्रह गरे पनि कांग्रेसका सांसदहरुले अवरोध कायम गरेका हुन्।  

अहिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउनका लागि अहिले कार्यदलको बैठक जारी रहेको छ।

त्यस्तै आजको बैठकमा कांग्रेसले आफूहरुले आफ्नो धारणा राख्न पाउनुपर्ने माग गरेको छ। सभामुख घिमिरेले आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने वातावरण तयार गर्न आग्रह गरेका छन्। 

कांग्रेसको अवरोधका कारण सबै कार्यसूची हटाएर बैठक स्थगित गरेको घोषणा गरेका हुन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:३४
Weather Update