-1716269012.jpg)
काठमाडौं— सहकारी ठगीको विषयमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न बनेको कार्यदलको बैठक जारी रहेको छ।
केहीबेर अघिदेखि बैठक जारी रहेको हो।
सिंहदरबारस्थित कानुन मन्त्रालयमा बैठक जारी रहेको कार्यदलका सदस्य समेत रहेका रास्वपा सांसद शिशिर खनालले न्यूजगृहलाई जानकारी दिए।
आफूहरु सहमतिको प्रयास गरिरहेको उनले बताए।
यसअघि बिहीबार बसेको बैठकमा सहमति हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै उनीमाथि छानबिन गर्नुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद्मा अवरोध कायम गर्दै आइरहेको छ। सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने सहमति भए पनि त्यसको कार्यादेशमा सहमति हुन नसक्दा समिति बनेको छैन भने कांग्रेसले आफ्नो अडान कायमै राखेको छ।
कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम राख्ने वा नराख्ने भन्ने विषयमा कार्यदलका सदस्यहरुबीच सहमति हुन नसक्दा कार्यदलले काम टुंगो लगाउन नसकेको हो।