राष्ट्रिय अनुसन्धान विभागले माग्यो तीन पदका लागि २५२ कर्मचारी

काठमाडौं— राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ।
शुक्रबार सूचना प्रकाशित गरी राअविले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो।
विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो।
दरखास्त दिनका लागि एक महिनाको समय तोकिएको छ। सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने र सुरक्षागार्ड र परिचरको लागि तोकिएको स्थानहरूमा उपस्थित भई आवेदन दिनुपर्नेछ।
सहायक सूचक र सुरक्षागार्डका लागि लागि तीन सय रुपैयाँ र परिचर पदका लागि २ सय रूपैयाँ दरखास्त शुल्क बुझाउनुपर्नेछ।
हेर्नुहोस् सूचना

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१ ०८:४६













