News Griha :: न्यूजगृह
युट्युबमा विवादित अन्तरवार्ता दिँदै हिँड्ने रविरत्न चुडाल पक्राउ, बलात्कारको आरोप 

काठमाडौं— युट्युबमा विवादित अन्तरवार्ता दिँदै हिँड्ने रविरत्न चुडाल बलात्कार आरोपमा पक्राउ परेका छन्।

उनीविरुद्ध काठमाडौं कै ५२ वर्षीया महिलाले बलात्कार आरोपमा जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले बताए।

ती महिलाको जाहेरी प्रहरीले सुरुमा दर्ता गर्नै अस्वीकार गरेको थियो। तर महिलाले उच्च अदालतबाट आदेश लिएर आएपछि प्रहरीले जाहेरी दर्ता गर्दै अनुसन्धान अगाडि बढाएको हो।

महिलाले आफूलाई २०८० जेठ १७ गते चुडालले बलात्कार गरेको आरोप लगाएकी छन्। हदम्याद सकिन केहिदिन अघि मात्रै प्रहरीमा जाहेरी दर्ता भएको हो।

चुडालले केही दिनअघि पनि युट्युबमा गृहमन्त्री रवि लामिछानेको प्रशंसा गर्दै गगन थापामाथि जथाभावी आरोप लगाएका थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०७:२४
Weather Update