बालेनको सुझाव- दुश्मनलाई पनि माया गर्नुस्

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘दुश्मनलाई पनि माया गर्न’ सुझाव दिएका छन्।
बुद्ध जयन्तीका अवसरमा सामाजिक सञ्जालमा लेख्दै बालेनले शान्तिको कुनै धर्म नहुने बताएका छन्।
‘दुश्मनलाई पनि माया गर्नुस्!’ उनले लेखेका छन्, ‘बुद्ध, इशु, मुहम्मद। शान्तिको कुनै धर्म छैन, शान्ति मानवता हो। बुद्ध सबैका गुरु हुन्।’
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१ २०:५३













