News Griha :: न्यूजगृह
नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा महिला पक्राउ

काठमाडौं नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका- ५ घर भई काठमाडौं महानगरपालिका- १६ बसन्तनगर बस्ने २९ वर्षीया रश्मि लामालाई प्रहरीले पक्राउ गरेको छ।

लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेस्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका- ३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। साथै प्रहरीले पीडितलाई उद्धार समेत गरेको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २०:०९
Weather Update