वडाध्यक्षको निर्देशनमा घुस लिने बिचौलिया पक्राउ
-1714474494.jpg)
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्षको मिलेमतोमा सेवाग्राहीसँग घुस माग्ने बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं २ बस्ने ध्रुवबहादुर कडायत रहेका छन्।
कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि सोही वडाका वडाध्यक्ष भाईकृष्ण तामाङको निर्देशन बमोजिम सेवाग्राहीसँग घुस मागेका थिए।
सोही प्रकरणमा परेको उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले कडायतले सेवाग्राहीसँग लिएको २ लाख नगद र उनको नाममा काटिएको २ लाखको चेक गरी ४ लाखसहित बलम्बुबाट पक्राउ गरिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१ १५:५६













