News Griha :: न्यूजगृह
सीता एअरको विमानले कर्मचारीलाई ठक्कर दिएपछि...

मुगु— मुगुस्थित रारा ताल्चा विमानस्थलमा सीता एअरको ठक्करबाट एक जना घाइते भएका छन्। 

बिहीबार नेपालगन्जका लागि यात्रु भरेर उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएका हुन्। 

भाम विमानका पाइलटलाई विमान उडानका लागि संकेत (कम्युनिकेशन) गरिरहेका बेला चालकले बोलाएपछी विमानतर्फ जाँदैगर्दा विमान गुड्न सुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा घाइते भएको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए। 

घाइते भइ अचेत अवस्थामा रहेका भामलाई सीता एअरकै विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १३:३५
Weather Update