न्युजिल्याण्डमा चराको प्वाँख २८ हजार डलरमा बिक्यो !

काठमाडौं— न्युजिल्याण्डको लोप भैसकेको हुइयाँ चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ।
लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ।
यो चरा न्युजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो। यी मानिसहरू आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे वा यो प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो।
न्युजिल्याण्डको सङ्ग्राहालयका अनुसार यो चरा अन्तिम पटक सन् १९०७ मा देखिएको थियो।
दुईतीन दशकअघि पनि यसको दर्शनका केही अपुष्ट समाचारहरू आएका थिए।
यो चरामा जम्प गर्ने क्षमता र सुन्दर प्वाँखका लागि परिचित थियो। सोमबार लिलामी गरिएको प्वाँख राम्रो अवस्थामा रहेको र कीराले क्षति नगरेको लिलामी कम्पनीले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१ ०९:४६