News Griha :: न्यूजगृह
तत्काल कुनै पार्टीसँग एकता हुँदैन : झलनाथ खनाल

जनकपुर— नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल कुनै पार्टीसँग एकता नहुने स्पष्ट पारेका छन् । 

शनिबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्ने समेत जनाएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले पार्टी महाधिवेशनको तयारीमा लागेको बताए । 'हामी महाधिवेसन गर्ने दिशामा अघि बढदैछौं, अहिले कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नै छैन,’ खनालले भने, ‘तर, साझा सवालमा मिलेर जाने सवालमा हाम्रो पार्टी तयार छ ।' 

खनालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार हुँदा पनि पूर्णता पाउन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले भने, 'अब नवौँ पटकमा पूर्णता पाउला भन्ने अपेक्षा गरौं ।'

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १३:२२
Weather Update