बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाइयो
हेटौंडा — बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरिएको छ।
बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।
एकीकृत समाजवादीकी सांसद मगर डेढ महिनाअघि बिनाविभागीय मन्त्री बनेकी थिइन् । बागमतीमा मन्त्रालयको संख्या १३ पुगेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खर्च कटौतीका लागि मन्त्रालयको संख्या यसअघि १४ बाट घटाएर १२ कायम गरेका थिए । उनले आफ्नो सरकार जोगाउन फेरि मन्त्रालयको संख्या थपेका हुन् ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १९:०६













