प्रचण्ड-ओलीसंग छलफलपछि रविले भने- मैले पहिला बोल्न पाउनुपर्छ, कांग्रेसलाई चित्त नबुझे छलफल गर्न सकिन्छ

काठमाडौं— सत्तारुढ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच अवरुद्ध संसद् खुलाउने लगायतका विषयमा छलफल भएको हो।
भेटका क्रममा आफूविरुद्ध सदनमा कुरा उठेपछि संसद्मा बोल्न पाउनुपर्ने प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली समक्ष कुरा राखेको उपप्रधानमन्त्री लामिछानेले बताए।
'म माथि प्रश्न उठिसकेपछि मैले सदनमा बोल्न पाउनुपर्छ, त्यसपछि यदि जवाफ चित्त बुझेन भने उहाँहरू (कांग्रेस) को अधिकार प्रयोग गर्न सक्नुहुन्छ, त्यो अधिकार त छँदै छ, त्यसपछि विरोध गर्ने उहाँहरूको अधिकारको सम्मान गर्छु,' लामिछानेले भने।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १८:४५