News Griha :: न्यूजगृह
उपेन्द्र यादवको पक्षमा सर्वोच्चको अन्तरकालीन आदेश, निर्वाचन आयोगको निर्णय यथास्थितिमा

काठमाडौं— सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरू यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्तालगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिँदै जेठ ८ मा दुबै पक्षलाई छलफलमा बोलाएको छ।

जसपा नेपालबाट ७ जना सांसदसहित विभाजित भएको समूहले अशोक राई नेतृत्वमा नयाँ पार्टी जसपा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए।

आयोगले वैशाख २४ मा उक्त दल दर्ता गर्ने निर्णय गरेको थियो। उपेन्द्र यादवले जसपा नेपालबाट विभाजित भएको समूहको दल दर्ता कानुन विपरीत भएको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १८:२४
Weather Update