News Griha :: न्यूजगृह
निरंकुशतामा न्यायपालिका स्वतन्त्र हुन सक्दैन : कामु प्रधानन्यायाधीश

दोलखा— कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताएका छन् ।

नेपाल बार एशोसिएशन दोलखा इकाइको भवन उद्घाटन कार्यक्रममा शुक्रबार उनले बार र बेञ्च मिलेर न्यायपालिकाको सुधारका लागि काम गर्नुपर्ने बताएका हुन् ।

‘निरंकुशतामा न्यायपालिका स्वतन्त्र हुन सक्दैन’, कामु प्रधानन्यायाधीश कार्कीले भने,‘बार र न्यायपालिका सदा स्वतन्त्र, सक्षम र निष्पक्षताका लागि मिलेर काम गर्नुपर्छ ।’

उनले कानुन व्यवसायीले पक्षको मात्रै न्याय गर्न नहुने बताउँदै विपक्षीलाई पनि न्याय हुनुपर्ने र राज्यका हरेक क्षेत्र सच्चिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  २२:१४
Weather Update