उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा

काठमाडौं— उपनिर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।
बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।
मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने ८–१० वैशाखसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० २०:५४













