News Griha :: न्यूजगृह
कर्णाली प्रदेश कांग्रेस प्रमुख सचेतकमा विष्ट

कर्णाली— नेपाली कांग्रेस कर्णाली प्रदेश सभाको प्रमुख सचेतकमा हिक्मत विष्ट चयन भएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा दलको बिहीबार बसेको बैठकले विष्टलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो । 

प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवम् दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई प्रमुख सचेतक चयन गरेको जानकारी दिए ।

विष्ट कालीकोट प्रदेश २ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  २०:४७
Weather Update