News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौं— भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।

पौडेलको उपचारमा संलग्न सम्बन्धित डाक्टरले शुक्रबार सो जानकारी दिएको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

पौडेलको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ ।

यसअघि महाराजगञ्जस्थि टिचिङ अस्पतालमा राष्ट्रपति पौडेलले उपचार गराएका थिए । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  २०:२५
Weather Update