News Griha :: न्यूजगृह
कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतबाट उपचार गरेर फर्किएकी युवतीको मृत्यु 

काठमाडौं— कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

प्रहरीका अनुसार उनी भारतको हल्द्वानी भन्ने स्थानबाट उपचार गरेर फर्किएकी थिइन्। 
एम्बुलेन्समा सवार अन्य ५ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  

प्रहरीले न्यूजगृहलाई दिएको जानकारी अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको हो।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १०:३६
Weather Update