News Griha :: न्यूजगृह
सुकेधारामा पुरुषको शव भेटियो

काठमाडौं— मंगलबार बिहानै काठमाडौंको सुकेधारामा शव फेला परेको छ। 

महाराजगञ्ज प्रहरी वृत्तका अनुसार सुकेधारास्थित नालीमा पुरुषको शव फेला परेको हो। 

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी घटनास्थलमा खटिएको छ। 

शवको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

अहिले मुचुल्का गर्ने काम भइरहेको छ । घटनाबारे थप केही खुलेको छैन ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०८:०१
Weather Update