हावाहुरीले प्रभावित उडान पुनः सञ्चालनमा

काठमाडौं— हावाहुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनः सञ्चालनमा आएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीको भनाइमा हावाहुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो । अपराह्नदेखि सुरु भएको हावाहुरीले उडान प्रभावित भएको थियो ।
हावाहुरीका कारण आन्तरिकतर्फ उडान ‘डिले’ हुनुका साथै अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका थिए ।
भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एअर र कतारको दोहाबाट आएको कतार एअरवेजको जहाज होल्डमा परेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १९:११













