संसद् खुलाउ प्रधानमन्त्रीले सुरु गरे कांग्रेसका शीर्ष नेतासँग छलफल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापतिसहित शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायत सहभागी छन्।
प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्यका लागि कांग्रेससँग छलफल सुरु गरेका हुन्। सरकारले कांग्रेसलाई समग्र समस्याग्रस्त सहकारी छानबिन गर्न आयोग गठन गर्ने र दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रस्ताव गरेको बुझिएको छ।
कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ। शुक्रबार सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसद्का दुवै सदन अवरुद्ध गरेको थियो।
कांग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि सरकार अप्ठ्यारोमा परेको छ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ ०९:५१