बुटवल डुबानमा, विद्यालय बन्द

रूपन्देही— शनिबार रातिदेखि परेको भारी वर्षाले बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन्।
डुबानका कारण सरकारी तथा निजी स्कुलले विद्यार्थीहरूलाई बिदा दिएका छन्।
बुटवल उपमहानगरपालिका वडा नं ११ मा पर्ने कुलो थुनिएर डुबान भएको स्थानीयले जनाएका छन्।
राष्ट्रिय समाचार समितिको प्रदेश कार्यालय, रूपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय लगायत डुबानमा परेका छन्।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ ०९:२९













