News Griha :: न्यूजगृह
आईपीएलमा आज चेन्नई र राजस्थान तथा आरसीबी र दिल्ली खेल्दै 
लाइभ हिन्दुस्तान

काठमाडौं— इन्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुँदै छन्। पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै छन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ३ः४५ बजेदेखि सुरु हुने छ।

जारी आईपीएलमा चेन्नईका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने अवस्था रहेको छ। हाल १२ खेलमा १२ अंक रहेको चेन्नई चौथो स्थानमा रहेको छ। यो खेलमा हार बेहोरेमा प्लेअफको यात्रा कठिन हुने देखिएको छ।

त्यसैगरी राजस्थान रोयल्सको भने ११ खेलमा १६ अंक रहेको छ र दोस्रो स्थानमा छ।

त्यस्तै आज दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र दिल्ली क्यापिटल्सबीच हुने छ। बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुने छ ।

दुवै टिमका लागि प्लेअफमा स्थान बनाउन यो खेल जित्नै पर्ने अवस्था रहेको छ। आरसीबीको १२ खेलमा १० अंक छ। दिल्लीको १२ खेलमा १२ अंक रहेको छ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०९:२१
Weather Update