
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएलमा) कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ। जितसँगै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
वर्षाले प्रभावित खेलमा कोलकाताले मुम्बईविरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो। वर्षाका कारण १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो।
कोलकाताका लागि वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए। नितिश रानाले ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे। मुम्बईका लागि जस्पृत बुम्राह र पियुस चावलाले २/२ विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले १र१ विकेट लिए।
इडेन गार्डेनमा १५८ रनको जबाफी ब्याटिङ गरेको मुम्बईले १६ ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो। मुम्बईका ओपनर ईशन किसनले सर्वाधिक ४० रन बनाए भने तिलक बर्माले ३२ रन जोडे। रोहित शर्माले १९ तथा नमन धिरले १७ रन बनाए।
कोलकाताका लागि हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान २/२ विकेट लिँदा सुनिल नरिनले १ विकेट लिए।
जित पछि शीर्ष स्थानमा रहेको कोलकाताको १२ खेलमा १८ अंक रहेको छ। पराजित मुम्बईको भने १३ खेल खेल्दै ८ अंक मात्र छ।आईपीएलमा आज चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स तथा रोयल च्यालेनजर्स बेंगलूरु र दिल्ली क्यापिटल्स भिड्ने छन्।