News Griha :: न्यूजगृह
बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या

काठमाडौं— बत्तीसपुतलीमा शनिबार समसाँझै बीच सडकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ। प्रहरीका अनुसार घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो।

शनिबार साँझ करिब ७:५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो। घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याएको थियो। 

छाती र ढाडमा गहिरो चोट लागेका धिमालको उपचारको क्रममा बेलुकी ८:४० बजे मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। 

‘घटनामा संलग्न भएको आशङ्कामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसएसपी मैनालीले भने, ‘अहिले हत्यामा उनीहरूको संलग्नताको विषय पुष्टि भइसकेको छैन। नाम खुलाउन मिल्दैन ।’ 
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०५:४७
Weather Update