
काठमाडौं — नेपाली कांग्रेसले सरकारले संसद् चल्न नदिनेतर्फ उद्धत हुँदै गएको निष्कर्ष निकालेको छ। शनिबार कांग्रेस पदाधिकारी बैठकले आफूहरूले संसद्को गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीसँग महामन्त्री गगन थापाले सरकार संसदीय समिति पनि नबनाउने र संसद् पनि चल्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको जानकारी दिए।
उनले आफूहरू चाहिनेभन्दा बढी लचकदार भइरहेको बताउँदै उनले भने, 'संसद् पनि चल्न नदिने, छानविन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्धत भएको भन्ने हाम्रो आजको छलफलको निष्कर्ष रह्यो।'
महामन्त्री थापाले आगामी दिनमा संसद्का कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न आगामी सोमबार १ बजे संसदीय दलको बैठक आह्वान गरिएको जानकारी दिए। उनले आफूहरूको माग र पोजिसन तलमाथि नहुने बताए।