एम्बाप्पेले पीएसजी छोड्ने

काठमाडौं— फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्ने बताएका छन्।
२५ वर्षीय एमबाप्पेले सामाजिक सञ्जालमा पीएसजी छोड्ने निर्णय लिएको घोषणा गरेका हुन्।
पीएसजीसँग एमबाप्पेको सम्झौता जुनमा समाप्त हुन्छ। बीबीसी स्पोर्टले गत फेब्रुअरीमा नै एम्बाप्पे रियल मड्रिडमा सामेल हुने सम्झौता गरेको समाचार प्रकाशित गरेको थियो।
उनी पीएसजीका कीर्तिमानी गोलकर्ता हुन्। उनले पीएसजीबाट २५५ गोल गरेका छन्। एमबाप्पे मोनाकोबाट २०१७ बाट पीएसजीमा आएका थिए। उनलाई १६.५७ करोड पाउन्डमा पीएसजीमा भित्राएको थियो।
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१ ०७:५८