उपनिर्वाचन
आयोगले खटायो उपनिर्वाचन अनुगमन विशेष टोली

काठमाडौं— निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि अनुगमन विशेष टोली खटाएको छ ।
आजबाट लागु भएको मौन अवधिमा हुनसक्ने आचारसंहिता विपरीतको कार्य बुझ्न विशेष टोली खटाएको हो ।
यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिसकेको समेत जनाएको छ ।
आयोगले पाँच बुँदे निर्देशन गरी मौन समयमा प्रचारप्रसार गरेको तथा मतदातालाई प्रभावित पार्न रकम बाँडेको भेटिएमा कारबाहीसमेत गर्ने उल्लेख गरेको छ ।
तनहुँ १, चितवन २ र बारा २ गरी तीन क्षेत्रमा उपचुनाव हुँदै छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १३:५७













