News Griha :: न्यूजगृह
जम्मु कश्मीरमा भारतीय सेनामाथि हमला, पाँच सैनिकको मृत्यु

नयाँदिल्ली— भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ । 

जम्मु कश्मीरस्थित पुँछ भन्ने इलाकामा भारतीय सेनाको गाडीमा लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा उनीहरूको मृत्यु भएको हो । 

भारतीय सेनाका अनुसार बिहीबार दिउँसो करिब ३ बजेको समयमा सेना चढेको गाडीमा आतंककारीहरूले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो । सो आक्रामणमा परी राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको हो । 

भारतीय सेनाको नर्दन कमान्ड हेडक्वाटरले सो आक्रमणमा चरमपन्थी समूहको हात रहेको जनाएको छ । मृत्यु भएका जवानहरू सो क्षेत्रमा आतंककारी कार्यमा संलग्नका विरुद्धमा चलाइएको अभियानमा तैनाथ रहेको थिए । 

आक्रमणमा एक जवान गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ११:०५
Weather Update