News Griha :: न्यूजगृह
चट्याङ लागेर अछाममा ६ वर्षीय बालकको मृत्यु  

अछाम— अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। 

गएराति हावाहुरीसँगै परेको चट्याङले लाग्दा रामारोशन गाउँपालिका—७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

Prabhu Bank

घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको हो। 

चट्याङ लाग्दा रामारोशन— ७ कै नयाँ राम भण्डारीको एक भैँसी पनि मरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०९:४७
Weather Update