उपनिर्वाचन : आज रातिबाट नेपाल–भारत सीमा बन्द

बारा— पर्सी आइतबार (१० वैशाख) हुनगइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आजबाट नेपाल–भारत सीमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सीमाना बन्द रहने जनाएको हो ।
मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ०६:४३













