News Griha :: न्यूजगृह
राष्ट्रपतिको सचिवालयमा को–को नियुक्त भए ?

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच जनालाई नियुक्त गरिएको छ ।

पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा.सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका थिए । त्यस्तै सहयोगी चिरञ्जिवी अधिकारीलाई निजी सचिवमा नियुक्त गरेका थिए ।

नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्कीलाई मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त गरिएको छ ।

नेविसंघका नेता सुशील तिमल्सिनालाई पनि सचिवालयमा नियुक्त गरिएको छ । राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १९:४४
Weather Update