News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मूले गरिन् स्वास्थ्यलाभ कामना

काठमाडौं— भारतका राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँ दिल्लीमा उपचारार्थ रहेका समकक्षी रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभ कामना गरेकी छिन् ।

भारतीय राष्ट्रपति मुर्मूले बिहीबार पौडेलको स्वास्थ्यलाभ कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।

उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि भइरहेको दूतावासले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  २२:०४
Weather Update