News Griha :: न्यूजगृह
उपनिर्वाचनका कारण त्रिविको परीक्षा सारियो

काठमाडौं— त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आइताबर (१० वैशाख) हुने परीक्षा सारेको छ । आइतबार चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुने भएपछि परीक्षा १६ वैशाखलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

उनले त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहीबार बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको बताए । उनका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो ।

१० वैशाखको सम्पूर्ण परीक्षा स्थगित गरी १६ वैशाखका दिन सोही समय र स्थानमा सञ्चालन गर्न निर्णय गरिएको उनले बताए । अहिले स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  २१:२२
Weather Update