News Griha :: न्यूजगृह
आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन पेस  
तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौं— निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई उपनिर्वाचको परिणामसहितको प्रतिवेदन बुझाएको छ। 

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति पौडेलसमक्ष प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ को प्रतिवेदन बुझाएका हुन्। 

Prabhu Bank

प्रतिवेदनमा गत वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ र बझाङ प्रदेश सभा (१) को निर्वाचन अन्तिम परिणाम समावेश गरिएको छ। 

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६२ बमोजिम ‘‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’’ पेस गर्नुभयो,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:४०
राजनीति
विशेष
Weather Update